डोल्पा अस्पतालमा टाइफाइडको बिरामी बढे, हुन थाल्यो औषधी अभाव



२३ असार २०७६, काठमाडौं

डोल्पा अस्पतालमा दिनप्रतिदिन टाइफाइडका बिरामी बढ्न थालेका छन् ।

अस्पतालमा प्रत्येक दिन ५ जनाभन्दा बढी टाइफाइडका बिरामी आउन थालेका जिल्ला अस्पताल डोल्पाले जनाएको छ ।

गत एक साताबाट टाइफाइडको बिरामी तिव्र रुपमा बढ्दै गएपछि १५ शैयाको अस्पतालमा २१ बिरामी राखेर उपचार गराईरहेको जिल्ला अस्पताल डोल्पाका डा. सिजन रावलले जानकारी दिए ।

एक महिनाभित्रमै दुई पटक टाइफाइडको प्रकोप फैलिएपछि सबैको लागि चिन्ताको विषय बनेको छ । यसरी बिरामीको प्रकोप बढ्न थालेपछि अस्पतालमा औषधीको अभाव हुन थालेको डा.रावलले बताए ।

ठुलीभेरी नगरपालिकामा पर्ने वडा नं २ र ३ का सर्वसाधारण धेरै उपचारका लागि आउने गरेको बताउँदै दुषित पानी प्रयोगका कारण दिनप्रतिदिन प्रकोप फैलिँदै गएको डा. रावलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्