२४ अषाढ २०७६, काठमाडौं
गृहमन्त्री रामबहादुर थापा (बादल)ले विप्लव समूहका नेता कुमार पौडेल दोहोरो भिडन्तमै मारिएका दावी गरेका छन् ।
राज्य व्यवस्था समितिको निर्देशनअनुसार बनेको छानविन समितिले दिएको प्रतिवेदनले पनि त्यही देखाएको उनले बताए । मंगलबार संसदमा कांग्रेसले कुमार पौडेललाई नियन्त्रणमा लिएर हत्या गरेको भन्दै सरकारको धारणा माग गरेको थियो ।
जवाफमा गृहमन्त्री बादलले भने गस्तीमा रहेको प्रहरी टोली र विप्लव समूहका कार्यकर्ताको जम्काभेट भएको दावी गरे । त्यसक्रममा कुमार पौडेलसँगै रहेका सहकर्मीले फाइरिङ गर्दै भागेको र कुमार पौडेलले पनि फायरिङ गरेको उनले बताए ।