‘अनमोललाई भाई बनाउँछु, पलसँग डेट जान्छु र  प्रदिपसँग बिहे गर्छु’ : मेलिना राई



२४ असार २०७६, काठमाडौँ

हालचालै भएको एक अन्तवार्तामा मेलिनाले आफ्ना मन परेका केही कुराहरु बताएकी छिन् । उक्त अन्तवार्तालाई दर्शकले निकै रुचाएका छन् । मेलिनाले उक्त अन्तवार्ता  निकै रमाइलो बनाइदिएकी छिन् । उनले अहिलेसम्म हेरेको नेपाली चलचित्रमध्ये आफूलाई दर्पण छायाँ मन परेको बताएकी छिन् ।

यस्तै उनलाई अनमोल, प्रदिप र पलको नाम दिएर एकलाई भाई, एकसँग बिहे र अर्कोसँग डेज जानुपर्ने बताइएको थियो । जहाँ मेलिनाले अनमोल आफ्नो भाइजस्तो भएकाले अनमोललाई भाई बनाउने बताइन् ।

त्यस्तै पल शाह आफूजस्तै गम्भिर स्वभावको भएको जस्तो लाग्ने भएकाले पलसँग डेट जाने र प्रदिप खड्का निकै मन पर्ने भएकाले प्रदिपसँग बिहे गर्ने बताइन् । उनले निकै हाँसी हाँसी यो प्रश्नको जवाफ दिएकी थिइन् । मेलिना सबैको फेबरेट गायिका हुन् । त्यसैले उनको फ्यान फलोइङ पनि लोभलाग्दो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्