प्रतिनिधिसभा बैठक बुधबारसम्मको लागि स्थगित



२४ अषाढ २०७६, काठमाडौं

प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका सांसदहरुले नाराबाजी गर्दै रोष्टम घेरेपछि १५ मिनेटका लागि स्थगित भएको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको हो । संसद सचिवालयले सूचना टाँस गरेर स्थगित भएको जनाएको छ ।

मंगलबार बिहानको बैठकमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता कुमार पौडेल मारिएको घटनाबारे गृहमन्त्री रामबहादुर थापाले दिएको जवाफ चित्त नबुझेको र घटनाको छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै विपक्षी सांसदहरु रोष्टम घेरेका थिए ।

विपक्षीको माग बमोजिम संसदीय छानबिन समिति बनाउने विषयमा सभामुख कृष्णबहादुर महराले प्रतिवद्धता जनाए पनि नाराबाजी रोकिएन । यसपछि बैठक १५ मिनेटका लागि बैठक स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्