२५ असार २०७६, काठमाडौँ
हरर फिल्म धेरैलाई मन पर्ने गर्छ । अझ आजका युवायुुवती त भुतको बाहेक अरु चलचित्र नै हेर्ने गर्दैनन् । नेपाली र हिन्दि भन्दापनि भुतका चलचित्रहरु हलिउडमा निकै डरलाग्दा बनाइन्छन् ।
हरर चलचित्रलाई मानिसले आनन्द लिन हेरिरहेका हुन्छन् । तर कहिलेकाहिँ हरर चलचित्र नै खतरा बन्न जान्छ । हालचालैको घटना हो, हरर चलचित्र हेरेर ७७ बर्षिया बृद्धको ज्यान गएको छ । बेलायती नागरिक बर्नार्ड च्यानिङ घुम्न भनेर थाइल्याण्ड गएका थिए । त्यहि समयमा उनले एनाबेल कम्स हाम नामक हलिउड हरर चलचित्र हेरेका थिए ।
जब चलचित्र सकिएर हलमा लाइट अन भयो तब ती बृद्धको सास गइसकेको थियो । एक्कासी ती बृद्धको छेउमा बसेकी महिला चिच्याइन् र सबै बृद्धको नजिक आए । तत्काल डाक्टर आएर उनलाई चेक पनि गरे । तर त्यसबेलासम्म बृद्धको निधन भैसकेको थियो । अब चलचित्र हेरेरै वा अन्य कुराले गर्दा उनको निधन भएको त्यसबारे भने केही कुरा खुलेको छैन । तर उनको निधन भने उक्त हरर चलचित्र हेरेर नै भएको अनुमान भने लगाइएको छ ।