२५ असार २०७६, काठमाडौँ
नायिका स्वेता खड्का र स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ विवाह बन्धनमा बाधिएको अस्ति अर्थात असार २३ गते ५ बर्ष पुरा भएको छ । त्यसै अवसरमा स्वेताले आफ्नो फेसबुकमा श्रीलाई सम्झदैँ श्रीको र उनको तस्बिर सेयर गरेकी छिन् ।
स्वेता मिस यु ब्याडली भन्दै उनलाई सम्झिएकी छिन् । श्रीको निधनपछि स्वेताले आफूलाई सम्हाल्न सकिरहेकी थिइनन् । उनले आफूलाई सम्हालेर अघि बढ्न थालेको केही समय मात्र भएको छ । अहिले उनी सामाजिक कार्यमा बढी व्यस्त छिन् ।
स्वेतालाई अहिले विवाहबारे धेरै प्रश्न गरिने गरिन्छ । तर उनले अहिले विवाहबारे कुनै योजना नबनाएको बताएकी छिन् । उनले आफ्नो एक्लो जीवनमा नै आफू खुसी रहेको पनि बताउँदै आएकी छिन् ।