प्रकाशले गीत विवाद र जातीय विभेदबारे बल्ल बोले, अब फिल्मको हिरो बन्दै



२५ असार २०७६, काठमाडौँ

प्रकाश सपूतले गलबन्दी गीत विवाद र जातीय विभेदबारे बल्ल मुख खोलेका छन् । प्रकाश लामो समयसम्म यो गीतको विवादमा मुछिए । जसका कारण उनले गर्न लागेका काम पनि गर्न सकेनन् । प्रकाश १५ दिनसम्म त डिप्रेश नै भएका  थिए ।

उनी न कोहीसँग भेटे न त कसैसँग बोले । अहिले फेरि नयाँ जोश र जाँगरका साथ उनी फर्किएका छन् । प्रकाशले गीत विवाद र जातीय विभेदका कारण आफ्नो ६ महिनादेखिको काम रोकिएको बताए । साथै उनले आफ्ना कामलाई अगाडी बढाउन केही गाह्रो भएको पनि बताए ।

प्रकाशका साथै शान्तिले पनि जातीय विभेदको कुरा आउदा आफ्नो मन दुखेको बताइन् । तर प्रकाशले हरेश भने खाएका छैनन् । किनकी उनीसँग हजारौँ दर्शकको माया छ । प्रकाशले अब आफू चलचित्रमा आउने समेत बताएका छन् । हिरो बन्ने प्रकाशको सानैदेखिको सपना थियो । अब भने उनले आफ्नो सपना पुरा गर्ने भएका छन् । प्रकाशलाई चलचित्रमा हेर्ने दर्शक पनि आतुर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्