छविले कुटेर कानको जाली नै फुटेपछि शिल्पाले मागिन् डिभोर्स !



२६ असार २०७६, काठमाडौँ

छवि र शिल्पाले लामो समयको प्रेमपछि केही बर्षअघि विवाह गरेका थिए । यी दुईले आफ्नो विवाहबारे बोलेका थिएनन् । तर केहीसमय अघि छवि र शिल्पा दुवैले आफ्नो विवाह भएको स्वीकारेका थिए । त्यसपछि शिल्पा छविकी चौथो श्रीमतीको रुपमा उनको घरमा भित्रिएकी थिइन् ।

हिजोमात्र शिल्पाले छवि विरुद्ध उजुरी हालेको कुरा सार्वजनिक भएको थियो । शिल्पाले आफ्नै पति छविबाट असुरक्षित भएको भन्दै उजुरी दिएकी थिइन् । वास्तवमा छवि र शिल्पाको झगडा भएको समयमा छविले शिल्पामाथि हातपात गरेको खबर बाहिर आएको छ ।

जसका कारण शिल्पाको कानको जाली नै फुटेको छ । अहिले उनी रेष्टमा छिन् । आज प्रहरीले छवि र शिल्पालाई राखेर छलफल गर्ने बताएको छ । शिल्पाले छविसँग डिभोर्स मागेको कुरा समेत बाहिर आएको छ ।

प्रतिक्रिया दिनुहोस्