२६ असार २०७६, काठमाडौँ
बलिउडमा अहिले चलचित्र कबिर सिंहले तहल्का मच्चाइरहेको छ । साहिद कपुरको करियरको सबैभन्दा ठूलो चलचित्रको रुपमा कबिर सिंह साबित भएको छ । कबिर सिंह ले ३०० करोडको हाराहारीमा कमाई गरिसकेको छ ।
अब यसको नेपाली रिमेक पनि बन्ने भएको छ । जसका लागि ज्योतिष हरिहर रहने चर्चा छ । हरिहर स्वयमले आफू अहिले यसै चलचित्रको लागि दाह्री र ज्यान बनाइरहेको बताएका छन् । तर यो चलचित्रका लागि पहिलो रोजाई भने अभिनेता प्रदिप खड्का भएको खुलासा भएको छ ।
प्रदिप स्वयमले यो कुरा स्वीकारेका छन् । उनलाई यो चलचित्र सुरुमा अफर गरिएको थियो । प्रदिपलाई कथा मन परेको पनि हो । उनले गर्ने पनि भनेका थिए । तर चलचित्रमा धेरै किसिङ सिन भएका कारण आफूलाई गर्न मन नलागेको प्रदिपले बताए ।
प्रदिपले चलचित्रमा काम गर्न चाहेमा किसिङ सिन हटाइने निर्देशकले बताएका थिए तर प्रदिपले किसिङ सिन हटाएमा चलचित्रको मर्म नै नहुने भएकाले आफूले नै चलचित्रबाट बाहिरिएको बताए । तर प्रदिपले यो चलचित्र छाडेकोमा आफूलाई कुनै पछुतो भने नभएको बताएका छन् ।