२६ असार २०७६, काचठमाडौँ
मानिसलाई हिडडुल गर्न खुट्टाको साहारा चाहिन्छ । तर, अचम्म को कुरा बेलायतकी एक युवती भिक्टोरिया मोडेस्टाले आफ्नो खुट्टा काटेपछि मात्र कुशल नृत्यंगना बनेकी छन् । उनी बाल्यकालमा दुर्घटनामा परेपछि उनको बाँया हिप र खुट्टामा समस्या परेको थियो जसका कारण उनीभित्र भएको प्रतिभा कुन्ठित रहेको थियो ।
लात्भियामा जन्मिएकी उनी हाल अमेरिकामा बस्छिन् उनी १२ वर्षको उमेरमा भिक्टोरिया लण्डन गइन् र २० वर्षको उमेरमा उनले आफ्नो खुट्टा काट्ने निर्णय गरिन् उनले विभिन्न शल्यक्रियापश्चात् पनि उनलाई भयंकर पीडा हुने र हिँड्न पनि समस्या भएका कारण खुट्टा नै काट्ने निर्णयमा पुगेकी थिइन् । आफ्नो खुट्टा काट्नकै लागि उनले डाक्टरलाई पाँच वर्षसम्म फकाउनुपरेको थियो ।
खुट्टा काटेपछि उनले आफूलाई नयाँ ढङ्गले पुनर्निर्माण गरिन् । हालै भिक्टोरियाले पेरिसको क्रेजी हर्समा आफ्नो शानदार प्रस्तुती दिइन्। उनले आफूलाई एक कुशल गायिका तथा डान्सरको रुपमा स्थापित गरेकी छिन् ३१ वर्षकी भिक्टोरिया मोडेस्टाले खुट्टा काटिएपछि विभिन्न डिजाइनका नक्कली खुट्टाको साहारामा कार्यक्रममा प्रस्तुत हुन्छिन् ।