नक्कली भनेर किनेको हिराको औठी सक्कली निस्किएपछि यी महिलाको चम्कियो भाग्य



२६ असार २०७६, काठमाडौँ

बेलायतकी एक महिलालाइ हिराको औठी लगाउने साह्रै रहर थियो । तर उनी गरिब भएका कारण उनले आफ्नो इच्छा पुरा गर्न सकेकी थिइनन् । सक्कली नै नसकेपनि ती महिलाले नक्कली हिराको औठी भने किनेकी थिइन् ।

उनले उक्त हिराको औठी १ हजार नेपाली रुपैयामा किनेकी थिइन् । करिब ३३ बर्ष अगाडी ती महिलाले उक्त औठी किनेकी थिइन् । उनले ३३ बर्ष त्यो औठी लगाइन् । पछि उनलाई औठी बेच्न मन लागेर उनी सुनारकोमा गइन् । तर त्यहाँ गएर उनी छक्क परिन् । किनकी जुन औठी उनले ३३ बर्ष पहिले नक्कली हिराको भनेर किनेकी थिइन् । त्यो औठी सक्कली हिराको निस्कियो ।

सोच्दै नसोचेको कुरा हुँदा ती महिला एकछिन त बेहोस नै भइन् । उनले त्यस्तो हुन्छ भनेर सोचेकी पनि थिइनन् । सक्कली हिराको औठी भएको थाहा पाएपछि ती महिलाले औठी लिलाम गर्ने सोच बनाइन् र अन्त्यमा ९ करोडमा औठी बेचिन् । अहिले उनी औठी बेचेका कारण करोडपति भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्