२६ असार २०७६, काठमाडौँ
सामान्यतया कुनैपनि महिलाको आफूले विवाह गर्ने केटा आफूभन्दा जेठो होस भन्ने चाहना रहेको हुन्छ । नेपालमा मात्र नभएर विश्वभर नै यो कुराको मान्यता छ । परापूर्वकाल देखि नै केटीले आफूभन्दा बढी उमेरको केटासँग विवाह गर्दै आएका छन् ।
फरक यत्ति हो कि कसैले आफूभन्दा थोरै जेठो त कसैले धेरै जेठो केटासँग बिहे गर्छन् । यसका पनि विभिन्न कारणहरु रहेका हुन्छन् । केटीहरु विवाहपछि आफ्नो सुरक्षा चाहन्छन् । चाहे त्यो आर्थिक रुपमा होस वा व्यवहारिक रुपमा । आफूभन्दा जेठो केटाले घर व्यवहार र जीवनलाई राम्रोसँग बुझेको हुन्छ । जसका कारण विवाहपछि एक महिलालाई घर चलाउन निकै सजिलो हुन्छ ।
त्यसबाहेक आफ्नो पुरा जीवन सँगै बिताउने भएपछि केटीहरु आफूलाई बुझ्ने र मन मिल्ने केटा चाहन्छन् । विवाह जीवनभरको बन्धन हो । त्यसैले यसलाई बचाएर राख्ने हरेक महिलाको चाहना रहेको हुन्छ ।