अन्ततः मिल्यो छवि र शिल्पाको कुरा, अब हुँदैन डिभोर्स



२६ असार २०७६, काठमाडौँ

अन्ततः केहीदिन देखि चर्किएको शिल्पा र छविको वार्ता सहमतिमा टुङ्गिएको छ । आज प्रहरीले राखेको छलफलमा छवि र शिल्पाले अब झगडा नगर्ने बताएका छन् । शिल्पाले छविले आफूसँग माफी पनि मागेको बताइन् ।

छलफलमा पनि छविले आफूले शिल्पामाथि हात उठाएको कुरा भने गलत नै भएको बताइरहे । यता शिल्पाले पनि आफ्नो मुद्दा फिर्ता लिएकी छिन् । प्रहरी चौकीबाट बाहिर निस्कदा शिल्पाको आँखामा आँशु थियो । उनले आफ्नो मन दुखेको कुरा अरुले बुझ्न नसक्ने पनि बताइन् । अब सायद छवि र शिल्पाको डिभोर्स हुँदैन ।

प्रतिक्रिया दिनुहोस्