ज्योतिष शास्त्र अनुसार शरीरका यी अङ्गहरु ठूला हुने महिला हुन्छन् अत्यन्तै भाग्यमानी



२७ असार २०७६, काठमाडौँ

ज्योतिष शास्त्र अनुसार महिलाको शरीरको कुनैपनि भाग ठूलो हुन्छ भने त्यसले महिलाका विभिन्न गुणहरु जनाउँछ भनिन्छ । यस्तै महिलालाई हाम्रो समाजमा लक्ष्मीको रुपमा हेरिन्छ । त्यसैले पनि मानिसहरु यस्तो कुरामा विश्वास गर्छन् ।

महिलाका यी अङ्गहरु ठूला भएमा भाग्यमानी भएको मानिन्छ–

कपाल– लामो कपाल भएको महिला यसैपनि सबैलाई मनपर्छ । त्यसैमाथि ज्योतिष शास्त्र अनुसार पनि लामो कपाल भएकी महिलालाई हरेक कुरामा सफलता मिल्छ भनिएको छ ।

हात– हात ठूला भएका महिलाले धेरै सुख पाउँछन् । उनीहरुले भविष्यमा आफूले चाहेको काम पुरा गर्न सक्छन् भन्ने भनाई छ ।

घाँटी– लामो घाँटी हुने महिला भाग्यमानी हुन्छन् । उनीहरु निकै मेहेनती पनि हुने गर्छन् । साथै आर्थिक रुपले सम्पन्न पनि हुन्छन् ।

खुट्टा– ज्योतिष शास्त्र अनुसार लामो खुट्टा हुने महिलाले जीवनमा धेरै धन लाभ गर्न सक्छन् ।

नाइटो– नाइटो गहिरो र ठूलो भएका महिलाले पनि जीवनमा धेरै सफलता हासिल गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्