लगातारको वर्षापछिको बाढीले प्रदेश १ मा दुईजनालाई बगायो



२७ अषाढ २०७६, काठमाडौं

अविरल वर्षापछि आएको बाढीले प्रदेश नं १ मा दुई जनालाई बगाएको छ ।

प्रदेश नं १ को इटहरीमा एकजनालाई बाढीले बगाएको बताइएको छ । त्यसैगरि मोरङ्गमा पनि अर्का एकजनालाई बाढीले बगाएको छ ।

उनीहरु दुवै जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । यसैगरी मोरङ्ग जिल्लाको मावा खोलाले सुमित्रामाया कुमाल नामकी एक महिलालाई बगाएको र उनालाई भने जीवितै उद्धार गरिएको प्रहरीले बताएको छ ।

सप्तकोशीमा आज बिहानको पानीको वहाव १ लाख ७६ हजार ७ सय ४५ क्युसेक प्रतिसेकेन्ड रहेको प्रहरीले जानकारी दिएको छ ।

खतरा नहोस् भनेर सप्तकोशी ब्यारेजका २३ वटा ढोका खोलिएको छ ।

प्रतिक्रिया दिनुहोस्