२७ असार २०७६, काठमाडौँ
नेपाली चलचित्र क्षेत्रमा केही यस्ता अभिनेत्री पनि छन् । जो अभिनयका साथै पढाईमा पनि अव्वल छन् । सामान्यतया यो क्षेत्रमा आइसकेपछि कलाकारले आफ्नो अध्ययनलाई निरन्तरता दिन सक्दैनन् । तर केही अभिनेत्रीले भने आफ्नो पढाई पनि सँगसँगै अगाडी बढाएका छन् ।
हेर्नुहोस् सबैभन्दा धेरै पढेका नेपाली नायिकाहरु–
केकी अधिकारी– केकी अधिकारीले नेपाली चलचित्र क्षेत्रमा आफ्नो छवि अव्वल नायिकाको रुपमा बनाइसकेकी छिन् । उनको अभिनयको दर्शकले निकै तारिफ गर्ने गरेका छन् । यस्तै केकी अभिनयमा मात्र नभएर पढाइमा पनि अव्वल छिन् । उनले व्यवस्थापन बिषयमा मास्टर्स गरेकी छिन् ।
सञ्चिता लुईटेल– चर्चित अभिनेत्री सञ्चिता लुईटेलको पनि पढाई राम्रो रहेको छ । उनले मेजर इङ्लिस र समाजशास्त्रमा मास्टर्स गरेकी छिन् ।
ऋचा शर्मा– अभिनयबाट खासै चर्चा पाउन नसकेपनि ऋचाको पढाई भने राम्रो रहेको छ । उनले पनि बिजनेश स्टडिजमा मास्टर्स गरेकी छिन् । उनलाई बौद्धिक नायिकाको रुपमा पनि हेर्ने गरिएको छ । साथै उनले जर्मनी र फ्रान्सबाट अभिनयसम्बन्धी कोर्स पनि गरेकी छिन् ।
बेनिशा हमाल– बेनिशा हमालले गोल्डेन गेज कलेजबाट मेजर इङ्लिसमा मास्टर्ससम्मको अध्धयन पुरा गरेकी छिन् । पछिल्लो समयमा उनी चलचित्रमा निकै व्यस्त छिन् ।
प्रियंका कार्की– प्रियंका कार्कीले अमेरिकाबाट फिल्म डेभलपमेन्टमा स्नातक गरेकी छिन् । उनी सधैँ आफ्नो अभिनय र लुक्सका कारण चर्चामा आइरहन्छिन् ।
मिथिला शर्मा– मिथिला शर्मा कुनै समयकी चर्चित अभिनेत्री हुन् । अहिले पनि फिल्मवृतमा उनको चर्चा उत्तिकै छ । अहिले उनी धेरै चलचित्रमा आमाको भूमिकामा देखिने गरेकी छिन् । मिथिलाले विज्ञान र नृत्य विषयमा स्नातक गरेकी छिन् ।
बर्षा सिवाकोटी– बर्षा सिवाकोटी पनि धेरै पढेकी अभिनेत्रीको सुचीमा पर्छिन् । उनले एपेक्स कलेजबाट बिबिए बिआई सम्मको अध्ययन पुरा गरेकी छिन् ।
रीमा विश्वकर्मा– नायिकाको रुपमा मात्र नभएर एक अव्वल भिजेको रुपमा रीमाले आफूलाई स्थापित गरिसकेकी छिन् । रीमा पनि धेरै पढ्ने अभिनेत्रीमध्ये पर्छिन् । रीमाले पत्रकारीता विषयमा ब्याचलर सम्मको अध्ययन पुरा गरिसकेकी छिन् भने अहिले पनि उनी अध्ययनलाई नै अगाडी बढाइरहेकी छिन् ।