२७ असार २०७६, काठमाडौँ
स्वेता खड्का अहिले चलचित्रमा भन्दापनि सामाजिक कार्यमा बढी सक्रिय छिन् । श्रीकृष्ण श्रेष्ठको निधनपछि स्वेताले अर्को विवाह गरेकी छैनन् । अझ भन्नुपर्दा श्रीकृष्णको यादबाट अहिलेसम्म स्वेता बाहिर निस्कन सकेकी छैनन् ।
उनको उमेर धेरै भएको छैन । त्यसैले पनि धेरैले उनलाई अर्को विवाह गरेर फेरि आफ्नो जीवनको नयाँ सुरुवात गर्न सल्लाह दिइरहेका छन् । स्वेताले भने अहिले आफू एक्लो जीवनमा नै रमाइरहेको बताउँदै आएकी छिन् । यस्तै स्वेताले यदि आफू विवाह नै गरेपनि आफ्नो मनबाट श्रीकृष्णको याद हटाउन नदिने कटासँग विवाह गर्ने बताएकी छिन् ।
स्वेताले बिहेपछि श्रीकृष्णको फोटो आफ्नो कोठामा राख्न दिने, श्रीकृष्णको जन्मदिन हरेक बर्ष मनाउन दिने र स्वेतालाई श्रीकृष्णलाई सम्झन दिने खालको केटासँग विवाह गर्ने बताएकी छिन् । स्वेताले श्रीलाई असाध्यै माया गर्थिन् । त्यसैले पनि उनी सायद श्रीको स्थान अरुलाई दिन चाहन्नन् ।