अब धुर्मुस सुन्तलीले बनाउँदैनन् क्रिकेट रंगशाला ! किन गरे यस्तो निर्णय ?



२७ असार २०७६, काठमाडौँ

लामो समयदेखि धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने भनिएको अन्तराष्ट्रिय क्रिकेट रंंगशाला बाट धुर्मुस सुन्तलीले नै हात  झिकेको खबर बाहिर आएको छ । केहीसमय अघि रंगशालामा डोजर लगाइएको थियो । त्यसपछि धुर्मुस सुन्तली रंगशाला निर्माणमा नफर्किएको कुरा सुन्नमा आएको छ ।

धुर्मुस सुन्तलीले करिब १ महिनादेखि रंगशाला बारे कुनैपनि जानकारी आफ्नो आधिकारीक फेसबुकमा गराएका छैनन् । यसकारण पनि यस्ता कुराहरु आएका हुन् । यसका साथै अहिले विभिन्न कुराहरुले पनि धुर्मुस सुन्तलीले रंगशाला निर्माणको काम छोडेको बताइरहेको छ ।

भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनबीच असार २४ मा भएको सम्झौता पछिको प्रेस विज्ञप्ति हेर्दा रंगशालाबाट फाउन्डेसनले हात झिकेको जस्तै देखिन्छ । किनभने विज्ञप्तिको पहिलो बुँदा मै लेखिएको छ, ‘निर्माण कार्य पूर्व योजनाअनुसार नै सुचारु गर्न धुर्मुस सुन्तली फाउन्डेसनलाई आव्हान गर्ने ।’

जस्तापाताले बनेको रंगशालाको कम्पाउण्डमा डोजर लागेपछि जेठ १९ गते एक विज्ञप्तिमार्फत फाउन्डेसनले निर्माणको वातावरण नरहेको, अनुचित मागहरु तेर्सिन थालेको, निर्माणमा संलग्न कर्मचारीहरुलाई दुःख दिन थालिएको जस्ता विषय उल्लेख गरेको थियो ।

अब धुर्मुस सुन्तलीले रंगशाला बनाउला वा नबनाउलान् त्यो भने उनीहरुले मुख खोलेपछि मात्र थाहा हुन्छ । तर ३ करोड नेपालीले यो रंगशाला बन्छ भन्ने ठूलो आश लिएका थिए । धुर्मुस सुन्तली नै रंगशाला बनाउने कुरामा अलमल रहेको समाचार बाहिर आएकाले अहिले सारा नेपाली चिन्तित छन् ।

प्रतिक्रिया दिनुहोस्