२९ असार २०७६, काठमाडौँ
२०७५ सालमा प्रदर्शनमा आएका चलचित्रहरुको सम्मान गर्दै हिजो राष्ट्रिय चलचित्र अवार्ड आयोजना गरिएको थियो । राष्ट्रिय अवार्ड भएकाले उक्त अवार्ड शो राष्ट्रपति निवासमा आयोजना गरिएको थियो ।
जम्मा ११ विधामा अवार्ड वितरण गरिएको थियो । जसमध्ये उत्कृष्ट नायकको अवार्ड चलचित्र प्रसाद बाट विपिन कार्कीले हात पारे भने उत्कृष्ट नायिकाको अवार्ड चलचित्र बुलबुल बाट स्वस्तिमा खड्काले पाइन् । स्वस्तिमाले केहीदिन अघिमात्र सार्क फिल्म फेस्टिभलमा यसै चलचित्रबाट उत्कृष्ट नायिकाको अवार्ड पाएकी थिइन् । यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मानपत्र सहित अवार्ड वितरण गरेकी थिइन् ।
चलचित्र बुलबुल बाट निकै उत्कृष्ट निर्देशकको अवार्ड बिनोद पौडेलले पाए । समर लब बाट सञ्जय लामाले उत्कृष्ट छांयाकारको अवार्ड पायो । छक्का पञ्जा ३ बर्षको सबैभन्दा धेरै कमाई गर्ने चलचित्र बन्यो । उक्त अवार्ड समारोहमा नायिका स्वस्तिमा खड्का साडीमा देखिएकी थिइन् । सिउँदोभरि सिन्दुर हालेर स्वस्तिमा अवार्ड लिन पुगेकी थिइन् । अवार्ड पाएपछि स्वस्तिमाको खुसीको सीमा नै थिएन ।