शिल्पाको प्रश्न, ‘चलचित्रमा ब्रेक दियो भन्दैमा मैले सधैँ छविको कुटाई खाएर बस्ने’ ?



२९ असार २०७६, काठमाडौँ

छवि र शिल्पाको कुरा अझै मिलेको छैन । केहीसमय अघि शिल्पाले घरेलु हिंसा गरेको भन्दै छवि विरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरी चौकीमा बसेर छलफल गरेर यी दुईको सहमतिमा वार्ता त मिल्यो तर भित्रभित्रै छवि र शिल्पाको कुरा भने मिलेको छैन ।

शिल्पाले अहिले मात्र नभएर ३ बर्षदेखि आफूले छविको कुटाई खाँदै आएको बताएकी छिन् । शिल्पाले अन्त्यमा आफ्नो ज्यान नै जाने डर भएपछि मात्र प्रहरीको सहायता लिन पुगेको पनि बताइन् । शिल्पाले विवाहअघि छविको व्यवहार एकदमै राम्रो भएको तर  विवाह भएको १ महिनापछि नै उसको व्यवहार परिवर्तन भएको बताइन् ।

छविले शिल्पाले सानो सानो कुरामा रोक्ने र उनलाई निकै यातना दिने गरेका रहेछन् । शिल्पाले मिडियाको अगाडी विवाहको कुरा भनौँ भन्दा छविले नै विवाहको कुरा मिडियामा ल्याउँदा चलचित्रलाई असर पर्ने बताउँदै बिहेको कुरा खोल्न नचाहेको बताइन् । यतिसम्मकी छविको अनुमति बिना उनले म्यूजिक भिडियोमा काम समेत गर्न पाउँदिनथिन् ।

छविले जे भन्यो त्यो शिल्पाले मान्नु पर्थ्यो । उसको अनुमति बिना शिल्पाले कसैसँग भेट्न समेत नपाउने अवस्था रहेछ । शिल्पालाई छविले १ पैसा नदिने गरेकाले उनले आफ्नो खर्च आफैँ पुर्याउँदै आएकी रहिछन् । यसपटक त झगडा हुँदा छविले निकै नराम्रो शब्द बोलेर शिल्पालाई गाली गर्दै उनको घाँटी समेत थिचेका रहेछन् । अत्ति नै भएपछि मात्र शिल्पाले उजुरी दिएकी रहिछन् । शिल्पाले अब आफूलाई छविको विश्वास कत्तिपनि नभएको बताएकी छिन् ।

छविको लागि शिल्पा दुनियाँको नजरमा नराम्रो समेत बनिन् । उनलाई सबैले आफ्नो बाउ जस्तो मान्छेसँग मात्र पैसाको लागि विवाह गरेकी भन्ने आरोप समेत लगाएका थिए । शिल्पाले आफूले मात्र सम्पत्तिको लागि छविसँग बिहे गरेको भए ३ बर्षसम्म उसको कुटाई खाएर नबस्ने बताइन् । उनले आफूलाई पहिले नै छविको व्यवहार थाहा भएको भए उसँग जीवन बिताउने बारेमा आफूले सोच्दा पनि नसोच्ने बताइन् ।

शिल्पाले छविको एक्लोपन देखेर, उसको असाध्यै माया लागेर उसँग बिहे गरेको बताइन् । तर अहिले यहि बिहेका कारण उनको दिन रोएरै बित्ने गरेको छ । शिल्पाले अब छविसँग आफू बस्न नसक्ने बताएकी छिन् । यस्तै शिल्पालाई छविले नै चलचित्रमा भित्राएका हुन् । त्यसैले छविले उनलाई सधैँभरि यहि कुराले हेपिरहेका हुन्छन् । तर शिल्पाले चलचित्रमा ब्रेक दियो भन्दैमा सधैँभरि उसको कुटाई खाएर आफू बस्न नसक्ने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्