वर्षा वितण्डाः अहिलेसम्म २९ को मुत्यु, १४ घाइते, १४ बेपत्ता



२८ अषाढ २०७६, काठमाडौं

बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा धेरै मान्छेहरुले ज्यान गुमाइरहेका छन् ।

अविरल वर्षाका कारण देशका अधिकांश नदीनाला तथा तालतलैयाहरुले सतर्कता तह क्रस गरेका छन् ।

सम्बन्धित निकायहरुले उच्च सतर्कता अपनाउन आग्रह गरिरहेका छन् । यसैबीच गृहमन्त्राल अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले हालसम्मको २९ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ ।

यसैगरि १४ घाइते १४ बेपत्ता भएका केन्द्रले जनाएको छ ।

यो हेरौं

नेपाल सरकार

गृह मन्त्रालय

राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्र

Situation Report

                                मिति २०७६असार२८ गते

अद्यावधिक समय: 2:०० बजे

 

मिति २०७6 असार 26 गते दिउँसोदेखि परेको अविरल वर्षाका कारण भएको मानवीय क्षति र प्रतिकार्य सम्बन्धी  हालसम्म प्राप्त  विवरणहरु तथा वस्तुस्थिति देहाय बमोजिम रहेको छ ।

 

क्र.सजिल्लामृत्यु संख्यावेपत्ताघाईतेविस्थापित घरधुरीविस्थापित संख्या
1.झापा1
2.ईलाम
3.मोरङ्ग1४००१०००
4.सुनसरी1
5.सप्तरी
6.सिराहा2
7.‍ओखलढुङ्गा
8.धनुषा
9.महोत्तरी12
10.सर्लाही1
11.रौतहट5
12.बारा1665
13.पर्सा11727
14.पाँचथर1
15.खोटाङ्ग31
16.भोजपुर
17.धनकुटा
18.रामेछाप11
19.सिन्धुली2
20.दोलखा
21.काभ्रेपलाञ्चोक2
22.ललितपुर61
23.काठमाण्डौ31
24.मकवानपुर2
25.धादिङ्ग2
जम्मा29१4२42065727

 

पूर्वी तराई तथा मध्य तराईको पूरै क्षेत्रमा वर्षाको प्रभाव रहेको । काठमाण्डौ उपत्यका लगायतका पहाडी क्षेत्रमा पहिरो, पर्खाल मृत्युको कारक बनेको छ । देशभर मनसुन सक्रिय छ ।

 

  • मृतकहरुको विवरण

मिति २०७6 असार 26 गते दिउँसोदेखि परेको अविरल वर्षाका कारण (बाढी, पहिरो, घरभत्कीएर )हाल सम्म देहायका व्यक्तिहरुको मृत्यु भएको ।

  1. पर्सा – 1 जनाको मृत्यु (निखील पटेल)
  2. भोजपुर – २ जना मृत्यु (जनक वि.क. र जगत बहादुर राई)
  3. रामेछाप – 1 जनाको मृत्यु (पदम कुमारी सुनुवार)
  4. सिन्धुली – 2 जनाको मृत्यु (हेमकुमारी सुनुवार र कार्वन कपारी)
  5. काभ्रेपलान्चोक – ३ जनाको मृत्यु (गोमा दंगाल, सुहावी दंगाल, कृष्णदेवी रायमाझी)
  6. ललितपुर – ६ जनाको मृत्यु (सरोज जिम्वा,अविरल गोले, संन्दिप लोल्हो, सुवेश बस्नेत, सिता रानामगर, सानु मैया लोल्हो)
  7. काठमाण्डौ – 3 जनाको मृत्यु (सर्मिला यादव, नितु यादवकुन्दन यादव)
  8. धादिङ्ग – 2 जनाको मृत्यु (अस्मिता तामाङ्ग, राज कुमार ठकुरी )
  9. खोटाङ्ग – 3 जनाको मृत्यु (रेखा राई, रोमन राईरोहन राई)
  10. मकवानपुर – 2 जनाको मृत्यु (सन्तमाया बलामी र सानुकान्छा सुनुवार)
  11. बारा – १ जनाको मृत्यु (विक्कु यादव)
  12. ईलाम – १ जनाको मृत्यु (मानाहाङ्ग लावती )
  13. झापा – १ जनाको मृत्यु (ऐलिजा न्यौपाने )
  14. ओखलढुङ्गा १ जनाको मृत्यु (पासाङपुटी शेर्पा)

 

  • राजमार्ग अवरुद्ध र खुलाउने प्रयास जारी :

 

  1. वी.पी. राजमार्ग
  2. पूर्व पश्चिम राजमार्ग
  3. तेह्रथुम म्याङलुङ-बसन्तपुर सडक
  4. मेची राजमार्ग अवरुद्ध
  5. उदयपुर गाईघाट खोटाङ्ग
  6. खोटाङ हलेसी-तुवाचुङ
  7. सिन्धुली गोलञ्जोर
  8. ललितपुर महाकाल- कुलेखानी
  9. लम्जुङ्ग मनाङ्ग सडक अवरुद्ध
  10. पासाङ्गल्यामु राजमार्ग अवरुद्ध
  11. बेनी जोमसोम

 

  • हालसम्मभएका प्रयासहरु

 

  1. वाढी र वर्षाको पूर्व सूचना प्रणाली सक्रिय गराइएको । सम्भावित क्षेत्रमा निरन्तर एस.एम.एस पठाइएको छ । सामाजिक सञ्जाल र मिडियाबाट सुसूचित गरिएको छ ।
  2. स्थानीय प्रशासन, सबै सुरक्षा निकायहरु कार्य स्थलमा उच्च सतर्कताका साथ कार्य गरिरहेका ।
  3. अवरुद्ध सडकहरु खुलाउने प्रयास भइ रहेको ।
  4. भारतीय पक्षसँग समन्वय गरी सर्लाहीमा पानी निकासा गराइएको । रौतहटमा पनि पानी निकासा भएको
  5. स्थानीय तहहरु आ-आफ्नो स्थानमा सक्रियता पूर्वक खटेका ।
  6. आपत्‌कालीन उद्धारको लागि हेलिकप्टरहरु तत्पर अवस्थामा रहेका तर मौसम प्रतिकुल रहेको ।
  7. 2076/03/28 गते शनिवार दिनको 10:30 बजे कार्यकारी समितिको बैठक बसी प्रतिकार्य तथा पुर्नलाभका सम्बन्धमा आवश्यक निर्णयहरु गरेको ।
प्रतिक्रिया दिनुहोस्