यी ६ चीज घरमा राख्नाले हुन्छ ठूलो अनिष्ठ…



२९ असार २०७६, काठमाडौँ

हामी घर बनाउँदा वा नयाँ घरमा सर्दा शुभ अशुभ कुरालाई लिएर गम्भिर हुने गर्छौ । त्यसलाई स्वभाविक पनि मानिन्छ । किनकी घरमा शान्ति छाइरहोस भन्ने चाहना सबैको हुन्छ । यस्तै वास्तुशास्त्र अनुसार केही कुरा घरमा राख्नु निकै अशुभ मानिन्छ ।

वास्तुशास्त्र अनुसार यी ६ कुरा घरमा राख्नुहुदैँन ः

१.माकुराको जालो– माकुराको जालो घरमा छ भने त्यसलाई हटाइहाल्नु पर्छ । माकुराको जालोले ऋण लाग्ने संकेत गर्ने बताइन्छ । त्यसैले घरमा माकुराको जालो राख्नुहुँदैन ।

२.परेवाको गुड– हुन त परेवा शान्तिको प्रतिक हो । परेवाको लागि छुट्टै गुड बनाएर राख्नु राम्रो हुन्छ । तर घरमा परेवाको गुड राख्नाले भने घरमा कलह हुन्छ भन्ने मान्यता छ ।

३.फुटेको ऐना– फुटेको ऐना राख्नु त्यसैपनि राम्रो होइन । वास्तुशास्त्र अनुसार भने घरमा फुटेको ऐना राखेमा गरिबी निम्तने बताइन्छ ।

४.चर्केको भित्ता– यदि घरको भित्ता चर्केको छ भने त्यसले घर त यसैपनि नराम्रो देखाउँछ । त्यसका साथै दुर्भाग्य र गरिबी पनि निम्त्याउने बताइन्छ ।

५.चुहिने धारा– चुहिने धारा भएमा त्यसले सकरात्मक शक्ति हटेर जाने बताइन्छ ।

६.चमेरो– चमेरोले घरमा गुड बनाएमा हामीले गर्न लागेका काम पुरा नहुने मान्यता राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्