२९ असार २०७६, काठमाडौँ
नायिका शिल्पा पोखरेल र निर्माता छविको सम्बन्ध चिसिएको खबर त धेरै पहिले नै आएको हो । तर केहीदिन अघि शिल्पाले छवि विरुद्ध प्रहरीमा उजुरी दिएपछि यो कुराले सार्थकता पाएको छ । कागजमा त शिल्पा र छविको सहमति भएको छ तर भित्रभित्रै बेदनाले शिल्पाको मन जलिरहेको छ ।
शिल्पाले अहिले मात्र नभएर ३ बर्षदेखि आफूले छविको कुटाई खादैँ आएको बताएकी थिइन् । साथै उनले छविले आफूभन्दा निकै अत्याचार गरेको पनि खुलाएकी थिइन् । यसैबीच उनले प्रहरी चौकीमा मैले जे भने, जे भोगे मलाई मात्र थाहा छ भनेकी थिइन् । त्यसै कुरालाई समेटेर नायिका केकी अधिकारीले आफ्नो आधिकारीक फेसबुक मार्फत यो कुराको जवाफ दिएकी छिन् ।
उनले आफ्नो स्टाटसमा उनी रुनुको सम्पूर्ण कारण खुलाएकी छिन् । उनले स्टाटसमा शिल्पाको नाम खुलाएकी छैनन् तर उनले उक्त स्टाटस शिल्पाको लागि नै हालेको भने अनुमान लगाउन सकिन्छ । कारण उनले कानको जाली फुटेको कुरा पनि आफ्नो स्टाटसमा जोडेकी छिन् । केकीले उक्त स्टाटस आफूले सम्पूर्ण घरेलु हिंसा सहेर बसेका महिलाको लागि लेखेको बताएकी छिन् ।
केकीको स्टाटस जस्तोको तस्तै–