३० असार २०७६, काठमाडौं
बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ ले वडा कार्यालयबाट वितरण हुने आर्थिक बर्ष ०७५÷०७६ को सामाजिक सुरक्षा भत्ता बारे सार्वजनिक सूचना जारी गरेको छ ।
जारी सूचनामा सामाजिक सुरक्षा भत्ता तेस्रो किस्ता बापतको रकम साउन २ गते विहिबारदेखि सेन्चुरी कर्मसियल बैंक एक्सटेन्सन काउन्टर बूनपा ११ कपन शाखाबाट वितरण हुने जानकारी गराईएको छ ।
थप जानकारी चाहिएमा वडा कार्यालयमा सम्पर्क गर्न समेत वडा कार्यालयले अनुरोध गरेको छ ।
बूनपा ११ द्वारा जारी सार्वजनिक सूचना :