बाढी पिडीतले गरे मासु भातको माग



३१ असार २०७६, काठमाडौँ

केहीसमय देखि नेपालीहरु चिन्तित छन् । निरन्तर भैरहेको बर्षाका कारण धेरै जनधनको क्षति भएको छ भने कतिले आफ्नो ज्यान समेत गुमाएका छन् । यस्तै सुनसरी जिल्लाका बासिन्दाको पनि अहिले बिजोग भएको छ । बाढीले घर बगाएपछि अहिले  शरीर बचाउनको लागि करिब ५ सय परिवार विद्यालयमा बस्दै आएका छन् ।

बाढी र डुबानका कारण विस्थापित बनेकाहरुलाई सहयोगी संघसंस्थाहरुले राहत उपलब्ध गराई रहेका छन् । स्थानीय तहले समेत आफु पायकको सहयोग जारी राखेको छ । चिउरा, मुरी, चाउचाउ र भुजिया बढीमात्रामा पीडित समक्ष पुग्ने राहत सामग्रीमा पर्दछन् । पीडितहरुले राहतमा आफुहरुलाई मासु भात चाहिएको बताएपछि यतिवेला स्थानीयस्तरमा सो विषय चर्चामा छ ।

पिडीतहरुले मासु भात नभए खाना नै नखाने बताएपछि अहिले सहयोगी संघसंस्थामाथि समस्या आइपरेको छ । तत्कालको लागि त संघसंस्थाले पिडीतहरुलाई सम्झाएका छन् । तर धेरै समयसम्म उनीहरुको माग पुरा नगरिदिए फेरि समस्या आउने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्