नेपाल–भारत सीमा छुट्याउन राखिएको पिल्लर बाढीले ढाल्यो



३१ अषाढ २०७६, काठमाडौं

नेपाल–भारत सीमा छुट्याउन राखिएको चार ओटा पिल्लर बाढीले ढालेको छ ।

विजयनगर–७ ठकुरापुरमा रहेको चरगाहवा नदीमा आएको बाढीले पिलर ढालेको हो । नेपाल–भारत सीमा सुरक्षा समितिले बनाएका पिल्लर बाढीले ढालेको हो ।

कमसल सामग्री प्रयोग गरेर पिल्लर निर्माण गरिएकाले बाढीले सहजै ढालेको विजयनगरवासीले बताएका छन् ।

नेपाल–भारत सीमा सुरक्षा समितिले पिल्लर बनाउन ठेकेदारलाई जिम्मा दिए पनि ती ठेकेदारले पुनः अर्को स्थानीय ठेकेदारलाई जिम्मा दिँदा यस्तो अवस्था बताइएको छ ।

पिल्लर एकवर्ष अगाडि मात्रै ढलेको थियो ।

प्रतिक्रिया दिनुहोस्