३१ अषाढ २०७६, काठमाडौं
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामा माग गर्दै आज काठमाडौंमा प्रर्दशन भएको छ ।
समानुपातिक, समावेशी सिद्धान्त विपरित खुलाइएको लोक सेवा आयोगको विज्ञापन तत्काल खारेज गर्न माग गर्दै आएको आरक्षण बचाऔं आन्दोलनले काठमाडौंको माईतीघर मण्डलामा प्रर्दशन गर्दै मन्त्री पण्डितको राजीनामा माग गरेको हो ।
प्रर्दशनीमा उत्रिएका महिला, दलित, जनजाति, मुस्लिमलगायतका समुदायहरुले संविधान विपरित स्थानीय तहको विज्ञापन खुलाइएको दावी गर्दै तत्काल खारेज गर्न लोक सेवा आयोगलाई पनि दवाव दिएका थिए ।
‘सिमान्तकृत समूदायको अधिकार सुनिश्चित गर’, ‘लोक सेवा आयोगलाई बाहुन सेवा आयोग बनाउन पाईदैन’, लगायतका प्लेकार्ड बोकी उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।
साथै उनीहरुले समावेशी सिद्धान्तको खिल्ली उडाउने काम गरेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी समेत गरेका थिए ।