०१ साउन २०७६, काठमाडौँ
छवि र शिल्पाको सम्बन्ध सुल्झिनुको सट्टा अझै बिग्रदै गएको छ । मिडियामा अहिले छवि र शिल्पाको सम्बन्धलाई लिएर अनेक कुराहरु बाहिर आइरहेका छन् । कतिले छविको सपोर्टमा बोलेका छन् भने कतिले शिल्पाको साथ दिएका छन् ।
यस्तै अहिले मिडियामा शिल्पाले आफूले ३ बर्षदेखि छविले दिएको यातना सहदैँ आएको तर अब आफ्नो ज्यान नै जाने डर भएपछि मात्र प्रहरीलाई गुहार्न गएको बताएकी छिन् । उनले रुदैँ छविले आफूमाथि गरेको अत्याचार बताएकी छिन् भने यता छवि यो कुरालाई स्वीकार्न तयार नै छैनन् । उनी आफूले शिल्पामाथि कहिल्यै हात नउठाएको बताउँदै आएका छन् ।
यसैबीच छविले नयाँ कुराको खुलासा गरेका छन् । उनले आफू शिल्पाको दोस्रो श्रीमान भएको बताएका छन् । यो कुराले अहिले सबैलाई चकित बनाएको छ । किनकी आजसम्म शिल्पाले कतैपनि यो कुरा खोलेकी थिइनन् । तर शिल्पाले छविले झुट बोलेको बताएकी छिन् । उनले छवि आफ्नो पहिलो बिहे भएको बताएकी छिन् ।
उनले आफ्नो पहिले अफेयर भने चलेको तर बिहे भने नभएको पनि स्पष्ट पारिन् । तर छविले भने शिल्पाको आफू दोस्रो श्रीमान् नै भएको दाबी गरिरहेका छन् । छवि र शिल्पाको केसले उग्र रुप लिदैँछ । तर जस्तो जे भएपनि अब शिल्पाले छविसँग नबस्ने नै निर्णय भने लिइसकेकी छिन् ।