०१ साउन २०७६, काठमाडौँ
नायिका बर्षा राउत र सन्जोग कोइरालाको जोडीलाई दर्शकले अत्यन्तै रुचाउने गरेका छन् । ७ बर्षको लामो प्रेमसम्बन्धपछि यी दुईले गतबर्षको फागुनमा विवाह गरेका थिए । सन्जोग र बर्षाको जोडीलाई धेरैले आफ्नो आदर्शको रुपमा पनि लिएका छन् ।
यस्तै बर्षाले सन्जोगलाई अनरोमान्टिक केटो भन्दै उनको फोटो आफ्नो इन्ष्टाको स्टोरीमा हालेकी छिन् । बर्षाले सन्जोगले आफूलाई डेटमा बोलाएर केचअपसँग खेल्दै बसेको पनि बताइन् । हुन त बर्षाले धेरै अन्तवार्तामा सन्जोग अनरोमान्टिक भएको बताउँदै आएकी छिन् । तर यी दुइको जोडी वास्तवमै निकै राम्रो रहेको छ । बर्षा र सन्जोग एकअर्कालाई निकै सम्मान पनि गर्ने गर्छन् ।