अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित



०१ श्रावण, २०७६, काठमाडौं

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध त्यहाँको प्रतिनिधिसभाले खेद प्रस्ताव पारित गरेको छ ।

चार महिला सांसदविरुद्ध नश्लीय टिप्पणी गरेको भन्दै ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित गरिएको हो । १८७ डेमोक्रेटिक सदस्य रहेको प्रतिनिधिसभामा २४० मतले खेद प्रस्ताव पारित भएको बीबीसीले जनाएको छ ।

ट्रम्पकै पार्टी रिपब्लिकनका सांसदले पनि उनीविरुद्धको प्रस्तावमा भोट दिएको बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले चार महिला सांसदविरुद्ध ट्विटरमा कडा टिप्पणी गर्दै अमेरिका छाड्न चेतावनी दिएका थिए । जसको व्यापक आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्