०१ साउन २०७६, काठमाडौँ
फेरि एउटा दुखद घटना आएको छ । धुलिखेल नजिकै बस्दै आएकी २४ बर्षिया सुन्तली तामाङले आफ्नै सासुको हत्या गरेकी छिन् ।
सामान्य घर झगडाको निहुमा सुन्तलीले आफ्नी ६३ बर्षिया सासु (माइलीमाया तामाङ) को भित्तामा टाउको ठाकाइदिएकी थिइन् । भित्तामा ठोकिएर लडेकाले माइलीमायाको पेट र टाउको नराम्रोसँग चोट लागेको प्रहरीले बताएको छ ।
घटना घट्ने बित्तिकै माइलीमाया तामाङलाई बनेपास्थित शिर मेमोरियल अस्पतालमा लगिएको थियो । तर उनको उपचार सम्भव भएन र उनको निधन भयो । अहिले प्रहरीले सुन्तली र उनको श्रीमानलाई हिरासतमा लिएको छ ।