०१ श्रावण २०७६, काठमाडौं
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरुलाई लक्षित गर्दै गरेको ट्विट विश्वभर विवादित बनिरहँदा समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ट्रम्पको आलोचना गर्दै कडा प्रतिक्रिया दिएका छन् ।
‘हामी समाजवादी वा कम्युनिष्ट देश कहिल्यै बन्ने छैनौं । यदि तिमी यहाँ खुसी छैनौं भने तिमी जान सक्छौ । यो तिम्रो रोजाइ हो र तिमी एक्लैको रोजाइ हो । यो अमेरिकाको लागि मायाँ हो । सीमित मानिसहरु अमेरिकालाई घृणा गर्छन् । उनीहरु एन्टी इजरायल, प्रो अल कायदा हुन् । उनीहरु सेप्टेम्बर ११ को आक्रमणबारे कसैले केही गर्यो भन्दै टिप्पणी गर्छन् ।’ट्रम्पले ट्विटमा लेखेका छन् ।
ट्रम्पको सो ट्विटको जवाफि ट्विट गर्दै डा. भट्टराई लेखेका छन्, ‘त्यस्तो प्रजातान्त्रिक र प्रगतिशील मूल्य र मान्यता भएको देशको राष्ट्रपतिले कसरी यस्तो वक्तव्य दिन सक्छ? अमेरिका कुन दिशातिर अगाडि बढ्दैछ ?’
राष्ट्रपति डोनाल्ड ट्रम्प बेलाबेलामा विवादमा तानिइरहन्छन् । भर्खरै उनीविरुद्ध अमेरिकामा खेद प्रस्तावसमेत पारित भएको छ ।