०१ साउन २०७६, काठमाडौँ
नायिका बर्षा सिवाकोटी अहिले चलचित्र विर विक्रम २ को विशेष प्रदर्शनको लागि निर्देशक मिलन चाम्ससँग लण्डन पुगेकी छिन् । लण्डनमा भएको चलचित्रको विशेष शो हेर्नको लागि नायिका जसिता गुरुङ पनि पुगेकी थिइन् ।
लण्डन शो मा नायिका बर्षा सिवाकोटी आकर्षणको बिन्दु बनिन् । उनले लामो कालो गाउन लगाएकी थिइन् । उक्त गाउनमा बर्षा निकै नै राम्री देखिएकी थिइन् । सबैले उनको सुन्दरताको खुलेर प्रशंसा गरेका थिए । चलचित्र हेर्ने अधिकांशले चलचित्र निकै राम्रो भएको प्रतिक्रिया समेत दिए ।
बर्षाका केही तस्बिरहरु :