‘भारतीय जासुस’ सम्बन्धी मुद्दा पुरनावलोकन गर्न पाकिस्तानलाई आदेश



०२ साउन २०७६, काठमाडौं

अन्तर्राष्ट्रिय अदालत (आइसिजे) ले जासुस आरोपित भारतीय पूर्व नौसैनिक अधिकारी कुलभूषण जाधवलाई सुनाइएको मृत्युदण्डसम्बन्धी फैसलालाई पुरनावलोकन गर्न पाकिस्तानलाई आदेश दिएको छ ।

पाकिस्तानको अशान्त बोलोचिस्तान प्रान्तबाट सन् २०१६ मा नियन्त्रणमा लिइएका भारतीय पूर्व नौसैनिक अधिकारी कुलभूषण जाधवलाई जासुस भन्दै पाकिस्तानको शैनिक अदाललतले सन् २०१७ मा मत्युदण्डको सजाय सुनाएको थियो । भारतले उ माथि लागेको आरोप खण्डन गर्दै संयुक्त राष्ट्रसंघको अदालतको ढोका ढक्ढक्याएको थियो ।

जाधवमाथि अन्यायपूर्ण ढंगले मुद्दा चलाइएको भन्दै हस्तक्षेप गर्न भारतले आइसिजेमा निदेवदन दिएको थियो । यो समाचार नागरिक दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्