०२ साउन २०७६, काठमाडौँ
अहिले एउटा नयाँ एप आएको छ । फेस एप भन्ने एपले अहिले चारैतिर चर्चा पाइरहेको छ । कलिला उमेरका मानिसलाई बुढो देखाइदिने एपलाई अहिले कलाकारले पनि निकै फलो गरिरहेका छन् ।
यस्तै चर्चित अभिनेता प्रदिप खड्काले पनि फेस एप को प्रयोग गरेर आफूलाई बुढो बनाएका छन् । उनले आफू बुढो देखिएको तस्बिर सामाजिक सञ्जालमा सेयर पनि गरेका थिए । जसलाई दर्शकले निकै रुचाए ।
उनीबाहेक दिपाश्री निरौला, दिपकराज गिरी, आयुष्मान जोशी, केदार घिमिरे, जितु नेपाल लगायतका कलाकारले पनि आफू बुढो भएको तस्बिर सामाजिक सञ्जालमा धमाधम पोष्ट गरिरहेका छन् ।