बाह्रौं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता काठमाडौंमा सुरु



०२ साउन २०७६, काठमाडौं

बाह्रौं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु भएको छ ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस संघ (एनबीबीएफए) र फिटनेस महासंघ (एसएबीबीएफ) को संयुक्त आयोजनामा हुन गईरहेको प्रतियोगिता तीनदिनसम्म कमलादीस्थित प्रज्ञा भवनमा सञ्चालन हुनेछ ।

नेपालमा तेस्रो पटक आयोजना हुन लागेको प्रतियोगितामा दक्षिण एसियाली मुलुक भारत, बंगलादेश, अफगानिस्तान, भुटान, माल्दिभ्स, श्रीलंका, पाकिस्तान र आयोजक नेपालका गरी एक सय ३० जनाको सहभागिता रहनेछ । प्रतियोगितामा नेपालबाट १८ पुरुष र पाँच महिला गरी २३ जनाको सहभागिता रहने एनबीबीएफएका अध्यक्ष राजेशबाबु श्रेष्ठले जानकारी दिएका
छन् ।

प्रतिक्रिया दिनुहोस्