अन्तर्राष्ट्रिय कुङफुमा नेपाललाई ५ स्वर्ण



०२ साउन २०७६, काठमाडौं

बंगलादेशको ढाकामा जुलाई ११ देखि १४ तारिखसम्म भएको दोश्रो अन्तर्राष्ट्रिय कुङफु च्याम्पियनसिपमा नेपालले ५ स्वर्ण जितेको छ ।

बूढानीलकण्ठ उमा कुङफु क्लबका प्रमुख प्रशिक्षक सुकमान लामाका अनुसार सञ्जयराज पुटुवारले इगल स्टायल थाउलो तथा सान्डाको ५९ केजीमा दुई स्वर्ण स्वर्ण, अयुब घिमिरेले टाइगर स्टायल थाउलो र सान्डाको ५२ केजीमा दुई स्वर्ण, सियान तामाङले स्नेक थाउलोमा १ स्वर्ण गरी नेपालले कुल ५ स्वर्ण जितेको छ । त्यस्तै टिम थाउलोमा तीनै खेलाडीले मिलेर थप १ रजत समेत जितेका छन् ।

स्वर्ण विजेता टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बूढानीलकण्ठ नगरपालिका वडा नं. ५ का वडाध्यक्ष विजय तामाङ, बूढानीलकण्ठ उमा कुङफु क्लबका अध्यक्ष दिनेश श्रेष्ठ, क्लबका प्रमुख प्रशिक्षक लामा लगायतले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्