०२ साउन २०७६, काठमाडौँ
नेपालमा जस्तै भारतमा पनि अहिले बाढी, पहिरो र डुबान लगायतको विपती देखिएको छ । भारतको बिहार र आसाम राज्य सबैभन्दा धेरै असर पुगेका राज्यहरु हुन् । भारतमा झण्डै करोड मानिसहरु प्रभावित भएको जनाइएको छ ।
यस्ता विपत्तहरुमा समय समयमा सहयोग गर्दै आएका बलिउड अभिनेता अक्षय कुमारले भारतको आसम राज्यका बाढीपीडितलाई २ करोड भारू सहयोग गरेका छन् । उनले २ करोड मध्ये १ करोड भारू असम मुख्यमन्त्री राहत कोष र अर्को १ करोड भारू काजीरंगा नेशनल पार्कलाई दान गरेका हुन् ।