०२ साउन २०७६, काठमाडौँ
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला छुट्टी मनाउन इण्डोनेशिया पुगेकी छिन् । लगातार २ चलचित्रको छायांकन सकेर साम्राज्ञी फुर्सदको समय सदुपयोग गर्नको लागि इण्डोनेशिया गएकी हुन् ।
साम्राज्ञीले इण्डोनेशियाको समुन्द्री किनारमा खिचेको फोटो सामाजिक सञ्जालमा पोष्ट गरिरहेकी छिन् । जहाँ उनलाई बिकिनीमा देख्न सकिन्छ । साम्राज्ञीले बिकिनी लगाएर फोटोसुट गरेको यो पहिलो पटक भने होइन । तर यसपटक उनी बिकीनीमा निकै बोल्ड देखिएकी छिन् । इण्डोनेशिया बाट फर्केपछि साम्राज्ञीले आफ्नो पुरा समय चलचित्र मारुनी को प्रमोशनका लागि दिनेछिन् । त्यसपछि उनी रातो टिका निधारमा व्यस्त हुनेछिन् ।