०२ साउन २०७६, काठमाडौँ
नायिका केकी अधिकारी केही दिनदेखि सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेकी छिन् । उनले केही दिन अघि सामाजिक सञ्जालमा घरेलु हिंसा बिरुद्ध एक स्टाटस लेखेकी थिइन् । जसले धेरैको मन छोएको छ ।
अहिले छवि र शिल्पाको पनि कुरा घरेलु हिंसा बिरुद्ध नै आएकाले धेरैले केकीले शिल्पाको समर्थन गर्दै उक्त स्टाटस लेखेको बताए । तर केकीले आफूले उक्त स्टाटस कुनै एउटा व्यक्तिको समर्थन नगरी हिंसामा परेका सम्पूर्ण महिलाको लागि लेखेको बताइन् । यस्तै हिंसा विरुद्ध नै केकीले केही फोटोसुट गराएकी छिन् । जहाँ उनको अनुहारमा चोट देखिन्छ । तरपनि उनी न्यायको लागि लडिरहेकी छिन् ।