०३ साउन २०७६, काठमाडौँ
छवि र शिल्पाको विवाद चर्किरहदाँ विभिन्न कलाकारले यस विषयमा बोलिरहेका छन् । कसैले शिल्पाको सपोर्टमा बोलेका छन् भने कतिले छविको समर्थनमा बोलेका छन् । यसै विषयमा नायिका निता ढुङ्गानाले पनि बोलेकी छिन् ।
निताले यो विषयमा छवि र शिल्पा दुवैको गल्ती भएको बताएकी छिन् । उनले वास्तवमा छवि र शिल्पाले एकअर्कालाई माया नै नगरेको महशुस आफूलाई भएको बताएकी छिन् । निताले यदि एकअर्काको माया लाग्ने भए छवि र शिल्पाले यसरी मिडियामा एकअर्काको बेइजत गर्दै हिड्दैनथे समेत भनेकी छिन् ।
उनले उनीहरुको सम्बन्धमा माया नभएर आफूले स्वार्थ देखेको बताएकी छिन् । निताले यो पारिवारिक कुरा भएकाले मिडियामा ल्याउन जरुरी नै नभएको पनि स्पष्ट पारेकी छिन् । निताले आफ्नो नजरमा दोषी दुवै भएको पनि बताइन् ।