छवि र शिल्पाबारे खुल्यो नयाँ रहस्य, रेखासँग छविको डिभोर्स नहुँदै शिल्पाले नै राखेकी थिइन् छविलाई बिहेको प्रस्ताव



०३ साउन २०७६, काठमाडौँ

छवि र शिल्पाको विषयमा अहिले उनीहरुसँग निकै नजिक रहेका व्यक्तिहरुले मुख खोलिरहेका छन् । यस्तै यस विषयमा छविसँग निकै नजिक रहेका प्रकाश पुरीले पनि केही बोलेका छन् । प्रकाश स्क्रिप्ट राइटर पनि हुन् । उनले धेरै चलचित्रको स्क्रिप्ट लेखिसकेका छन् ।

उनी छविसँग निकै नजिक छन् । छविको हरेक कुरा प्रकाशलाई थाहा छ । उनले शिल्पाले छविलाई आरोप लगाइरहेको बताएका छन् । प्रकाशले आफू धेरै पटक छविको घर गएको र त्यतिमात्र नभएर आफूलाई छविको हरेक कुरा थाहा भएकाले शिल्पाले छविलाई लगाएको आरोप लगत भएको बताएका छन् ।

उनले रेखासँग छविको डिभोर्स नहुँदै शिल्पा छविसँग बिहे गर्न राजी भएको बताए । यो कुरा कहिल्यै मिडियामा आएको थिएन । अझ प्रकाशले त शिल्पाले नै छविलाई बिहेको प्रस्ताव गरेको समेत बताए । उनले २०७३ साल असार २ गते शिल्पाले छविलाई बिहेको प्रस्ताव राखेको खुलासा गरेका छन् । छवि र शिल्पाको बिहेमा जन्ती जाने म नै हुँ शिल्पाले अहिले झुट बोलेर हुन्छ ? भन्दै प्रकाशले शिल्पाप्रति आक्रोश पोखेका छन् ।

प्रकाशले शिल्पाको पिडा दुनियाले देखेको तर छवि रोएको कसैले नदेखेकाले आफूलाई दुख लागेको बताए । साथै उनले शिल्पाले पुलिस चौकीमा छविले माफी मागेको कुरा पनि गलत बताएको भनेका छन् ।

प्रकाशले यस्तो भनिरहँदा शिल्पाले भने केहीसमय अघि प्रकाशले आएर आफूलाई धम्की दिएको बताएकी थिइन् । तर प्रकाशले आफूले शिल्पालाई छविसँग मिलेर बस भनेर सम्झाउन गएको तर शिल्पाले त्यसलाइ नै धम्की सम्झेर आफूलाई आरोप लगाएको बताए । अब प्रकाशको कुरा कत्तिको सहि छ त्यो भने शिल्पाले यस विषयमा बोलेपछि मात्र थाहा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्