०३ साउन २०७६, काठमाडौं
बिहिबार लन्डनमा बसेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को बोर्ड बैठकले टेष्ट राष्ट्र जिम्बावेमाथि प्रतिबन्ध लगाएको छ । जिम्बावे सरकारले राष्ट्रिय क्रिकेट बोर्डमा अनावश्यक हस्तक्षेप गरेको भन्दै आईसीसीले जिम्बावेमाथि प्रतिबन्ध गरेको हो ।
क्रिकेट बोर्डको निर्वाचन अलोकतान्त्रिक भएको र सरकारले चरम हस्तक्षेप गरेको कारण देखाउँदै जिम्बाबेलाई निलम्बन गर्ने निर्णय गरेको हो ।