यसकारण केटीहरु केटालाई प्रपोज गर्न डराउँछन्…



०४ साउन २०७६, काठमाडौँ

सामान्यतया केटीहरु केटालाई प्रेम प्रस्ताव राख्न निकै डराउने गर्छन् । हुन पनि हामीले देखेका नै छौँ धेरैजसो केटाले नै केटीलाई प्रेम प्रस्ताव राख्ने गरेका छन् । यदि कुनै केटीले एउटा केटालाई मन पराउँछन् भने पनि उनीहरु आफ्नो मनको कुरा भन्दैनन् ।

केटीहरुलाई केटाले आफ्नो प्रेम प्रस्ताव अस्वीकार गर्ने हुन् भन्ने डर हुन्छ । केटालाई यस्तो कुराले खासै फरक पार्दैन । तर केटाले आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरेपछि केटीहरु निकै टुट्छन् । उनीहरुलाई अब त्यो केटाले आफूलाई के सोच्छ होला, उसले अरुलाई भन्दियो भने के हुन्छ होला ? भन्ने जस्ता प्रश्न केटीको मनमा आउँछ । त्यसैकारण पनि केटीहरु केटालाई प्रेम प्रस्ताव राख्न हिचकिचाउँछन् ।

प्रतिक्रिया दिनुहोस्