०४ साउन २०७६, काठमाडौं
नेपाल आदिवासी जनजाति महासंघले आह्वान गरेको बन्दका कारण शनिबार बिहानैदेखि प्रदेश नं एकका प्रदेशवासीहरुको जनजीवन प्रभावित बनेको छ ।
संविधानले व्यवस्था गरेको लोक सेवा आयोगको आरक्षण कोटा कटौती गरेको भन्दै हिजो महासंघ झापाले विर्तामोडमा पत्रकार सम्मेलन गरी बन्दको घोषणा गरेको थियो ।
लोक सेवा आयोगले स्थानीय तह र प्रदेशका लागि ९ हजार एकसय ६१ जना निजामती कर्मचारीका लागि आह्वान गरेको विज्ञापनमा आरक्षण ४५ प्रतिशत हुनु पर्नेमा २३ प्रतिशत मात्र राखिएकोप्रति महासंघले आपत्ति जनाउँदै प्रदेश बन्दको आह्वान गरेको हो ।
महासंघमा आवद्ध भएकाहरुले सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र आयोगका अध्यक्ष उमेश मैनालीको हिजो देशभर पुत्ला समेत दहन गरेका थिए ।