०४ साउन २०७६, काठमाडौं
१२ औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपको पुरुष ६५ केजीमा नेपालका समिर श्रेष्ठले स्वर्ण जितेका छन् ।
प्रतियोगितामा भारतका दिनेश दोस्रो र नेपालकै प्रज्ज्वलमान शाक्य तेस्रो भएका छन् ।
पहिलो दिन सम्पन्न ६ स्पर्धामा नेपालले एक स्वर्ण, चार रजत र तीन कांस्य गरी आठ पदक जितेको छ । जसमा पुरुष ५५ केजीमा नेपालका किसनदास महर्जनले कांस्य हात पारे । मालदिभ्सका मोहम्मद मुसा पहिलो र भारतका मुरुगन रामामुर्ती दोस्रोे भए । पुरुष ६० केजीमा भारतका दिपु पहिलो भए । नेपालका कमल भण्डारी दोस्रो र अफगानिस्तानका मोहम्मद कसिम हुसैन तेस्रो भए ।
नेपाल शारीरिक सुगठन तथा फिटनेस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ७० केजीमा अफगानिस्तानका अब्दुल समी पहिलो भए भने नेपालका रमेश कार्की दोस्रो र इमरान अली तेस्रो भएका छन् ।