०४ साउन २०७६, काठमाडौं
कमर्फट हाउजिङ्ग सामुदायिक आवास व्यवस्थापन समितिले सितापाईला–रामकोट सडक निर्माण तथा सुधारका लागि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठको प्रमुख अतिथ्यता रहेको कार्यक्रममा प्रदेश सभा सासंदद्वय अष्टलक्ष्मी शाक्य, केशव पोखरेल, पूर्वमन्त्री विक्रम बहादुर थापा, नार्गाजुन नगरपालिका कार्यवाहक मेयर सुशिला अधिकारी, नागार्जुन नगरपालिका वडा नं. ४ का करुण कुमार बलामी, नागाजुन नगरपालिका वडा नं. ५ का महेश रिमाल, बुद्धिजीवी र स्थानीय जनसमुदाय विच छलफल सम्पन्न भएको थियो ।