०५ साउन २०७६, काठमाडौँ
केकी अधिकारी फिटनेशसम्बन्धी निकै ध्यान दिने नायिका हुन् । उनी आफूलाई स्वस्थ राख्नको लागि जिम जाने गर्छिन् । केकी जिम जान थालेको ६ बर्ष भैसकेको छ । केकीले आफू जिम जानुको कारण बताएकी छिन् ।
केकीले आफ्नो शरीरको तल्लो भाग निकै मोटो भएकाले त्यसलाई सन्तुलनमा राख्नको लागि पनि निरन्तर जीम जाने गरेको बताएकी छिन् । अहिले सामाजिक सञ्जालमा उनले जीम गरिरहेको तस्बिर निकै भाइरल छन् ।