नेकपाले जिल्ला इञ्चार्ज र सहइञ्चार्जको टुंगो लगायो



०५ साउन २०७६, काठमाडौं

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जिल्ला इञ्चार्ज र सहइञ्चार्ज टुंगो लगाएको छ ।

आइतबार बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगर कमिटीका इञ्चार्ज र सहइञ्चार्ज टुंगो लगाएको हो ।

४५ इञ्चार्ज पूर्वएमाले र ३८ पूर्वमाओवादीको भागमा परेको छ । साबिक एमाले र माओवादीका जिल्ला इञ्चार्जहरुलाईनै इञ्चार्ज र सहइञ्चार्जको भूमिका दिइएको र कतिपय जिल्लामा नयाँले जिम्मेवारी पाएको बताइएको छ ।

पार्टीका ३२ वटा विभागका प्रमुख र उपप्रमुख भने मंगलवारको बैठकबाट टुंगो लगाउने नेकपाको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्