तातो हावाका कारण ६ जनाको मृत्यु



०६ साउन २०७६, काठमाडौं

अमेरिकामा आवश्यक्ताभन्दा बढी तातो हावाका कारण ६ जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

मर्नेहरुमध्ये चार जना पूर्वी राज्य मेरील्याण्डका, एक जना पश्चिमी राज्य एरिजोनाको र अर्का एक जना मध्य क्षेत्रको राज्य अर्कान्सासको रहेको बताइएको छ ।

बढ्दै गएको तापक्रम शनिबार ३८ डिग्री सेल्सीयससम्म पुगेको र यो अत्यधिक धेरै मानिएको छ ।

अत्यधिक गर्मीका कारण कतिपय कार्यक्रमहरु स्थगित गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्